www.tandavnews.com
Fact ~ In search of truth

विश्वकप छनोटमा सहभागी हुने २४ खेलाडी बन्द प्रशिक्षणका लागि छनोट

नेपाल क्रिकेट संघले राष्ट्रिय महिला क्रिकेट टिमको प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा २४ खेलाडी छनोट गरेको छ । विश्वकप छनोटमा सहभागी हुने राष्ट्रिय टिमका लागि क्यानले २४ खेलाडीलाई प्रारम्भिक रुपमा बन्द प्रशिक्षणका लागि छनोट गरेको हो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार बन्द प्रशिक्षणमा रुबिना क्षेत्रीसहित काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगीता राई, सरस्वती चौधरी लगायत रहेका छन् । बन्द प्रशिक्षणबाट राष्ट्रिय टिममा आउने खेलाडीले टी–ट्वान्टी विश्वकपको एसिया छनोट खेल्ने छन् । प्रतियोगिता नोभेम्बरमा मलेसियामा सञ्चालन हुने बताइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.