www.tandavnews.com
Fact ~ In search of truth

झरिकाबिच पोखरामा निकालियाे गाईजात्रा ‘साँपारु’

नेवार समुदायलाई देशैभर सार्वजनिक बिदा

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ ।

निरन्तरको झरीका बीच पोखरामा गाईजात्रा निकालिएको छ । कोरोना महामारीका कारण सांकेतिक रुपमा जात्रा तथा पर्वहरु मनाउन प्रशासनको आदेशपछि पोखरामा मृतक परिवारका सदस्यहरु मात्र सहभागी भएर गाईजात्रा निकालेका हुन् ।

गत वर्षभरी दिवंगत आत्माहरुको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिंगारपटार गरेर सहर परिक्रमा गराउने परम्परा नेवार समुदायमा छ । पोखरामा रहेका नेवार समुदायले विगतका वर्षमा झाँकीसहित तायमचा नृत्यसमेत प्रस्तुत गर्दै गाईजात्रा पर्व मनाउँदै आएका थिए । तर कोरोना महामारीका कारण अघिल्लो वर्षदेखि त्यस किसिमका कार्यक्रमहरु हुनसकेका छैनन् ।

Batas

ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले भावविह्वल भएकी रानीलाई ‘दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्ना मृतक आफन्तका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गर्न लगाएर रानीको शोक कम गर्न गाईजात्राको प्रचलन सुरु गरेका हुन्’ भनिँदै आएको छ ।

साथै त्यतिमात्रले रानी खुसी हुन नसकेपछि हास्य व्यंग्यको समेत सुरुवात भएको किंबदन्दी पाईन्छ । आजभोली गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यांग्त्मक ढंगले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अंकसमेत प्रकाशन हुँदै आएको छ ।

यसैबीच सरकारले आजको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ । गत बिहीबार बसेको मन्त्रपरिषद बैठकले भदौ ७ गते गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

विगतमा सार्वजनिक बिदा दिने गरिएको भएपनि यस वर्ष भने नेवार समुदायका व्यक्तिहरुका लागि मात्र बिदा दिइएको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.