www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन आज बुझाइँदै

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुुझाउने भएको छ । क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरुले आज साँझ सभापतिलाई सो प्रतिवेदन बुुझाउन लागेको क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले राससलाई जानकारी दिए । पार्टीको गाउँ÷नगर वडा अधिवेशनका लागि क्रियाशील सदस्य मतदाता हुन्छन् ।

कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते क्रियाशील सदस्यता विवरणको अधिकांश कार्य सम्पन्न गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पारित गरी प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मेवारी दिएको थियो ।

सोही केन्द्रीय समिति बैठकले यही भदौ २ गतेभित्र सहमतिमा टुंगो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको भए पनि क्रियाशील सदस्यताको विवाद समयमै समाधान हुन नसक्दा आज मात्रै सभापतिलाई बुुझाउन लागिएको हो ।

Batas

मुलुुकभर र विदेशस्थित जनसम्पर्क समितिका गरी ९ लाख बढी हुने क्रियाशील सदस्यताको विवाद यसअघि समयमै नसुुल्झिँदा महाधिवेशन कार्यतालिकासमेत प्रभावित भएको थियो । साउन ३० गतेको केन्द्रीय समिति बैठकले पारित गरेको कार्यतालिका अनुसार गाउँ,नगर, वडा अधिवेशन यही भदौ १८ गते, गाउँ नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.