www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस पौडेल पक्षको बैठकः ४ मध्ये को बन्ला सभापतिको साझा उम्मेदवार ?

आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक केहिबेर अघि सकिएको छ ।

पौडेल पक्षबाट सभापतिका आंकाक्षी रामचन्द्र पौडेल, शंशाक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहबीच एउटै उम्मेदवार तय गर्न पौडेल पक्षको बैठक बसेको थियो । बैठकमा नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणसिंह बस्नेतको संयोजकत्वमा बसेको बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा आंकाक्षीबीच छलफल भएको बताइएको छ । सहभागी एक नेताका अनुसार साझा उम्मेदवार चयनका लागि पटकपटक रणनैतिक बैठक बसेर समूहबाट साझा उम्मेदवार बनाउने सहमति भएको छ ।

बतीसपुतलीको अनुपम फुडल्याण्डमा बसेको उक्त बैठकम भएको सो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, सुजाता कोइराला, अर्जुन नरसिंह केसी, रामशरण महत्त, बलबहादुर केसी, जीवन परियारलगायतका नेताहरु सहभागी थिए ।

Batas

नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद अझै समाधान नहुँदा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पटक–पटक संशोधन गरिएको छ ।

पछिल्लोपटक कांग्रेसले मंसिर ९–१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । महाधिवेशनका लागि भृकुटीमण्डप र राष्ट्रियसभा गृह बुक गरिएको छ । तर, क्रियाशील सदस्यताको विवाद समाधान गर्ने जिम्मा पाएको ३ सदस्यीय कार्यदलले अझै प्रतिवेदन बुझाउन सकेको छैन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.