www.tandavnews.com
Fact ~ In search of truth

डाँडाकोनाकमा ट्रक दुर्घटना, सहचालक घाईते

पोखराको डाँडाकोनाकमा ट्रक दुर्घटना हुँदा म्याग्दीका १ युवक घाईते भएका छन् ।

पोखराबाट कवाडी सामानहरु बोकेर तनहुँतर्फ जाँदै गरेको लु २ ख ४३८९ नंबरको ट्रक गएराती ११ बजेको समयमा दुर्घटना हुँदा मुना गाउँपालिका स्थायी ठेगाना भएका १७ वर्षीय दिपेश बुढा घाइते भएका हुन् ।

ट्रकका सहचालक रहेका उनको खुट्टा भाँचिएको छ । अहिले लेखनाथ सिटी अस्पतालमा उनको उपचार जारी रहेको डाँडाकोनाक प्रहरी चौकीले जनाएको छ । ट्रकका चालक भने सम्पर्क विहिन भएको प्रहरी जवान रोमबहादुर रानाले जानकारी दिए । उनका अनुसार दुर्घटना ग्रस्त ट्रकलाई क्रेनको सहायताबाट उठाउने क्रम जारी छ ।

Batas

ट्रकको आधा भाग उठाईसकिएको र आधा भाग निकाल्ने क्रममा रहेको उनले बताए । ट्रक हटाउने कार्य जारी रहुन्जेल पृथ्वी राजमार्ग अन्र्तगतको उक्त सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि बैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधनहरु वारपार हुने व्यवस्था मिलाईएको रानाले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.