www.tandavnews.com
Fact ~ In search of truth

साउनमा मात्रै १ सय ४२ मानव अधिकार उल्लंघनका घटना

अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’ ले गत साउनमा १ सय ४२ मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना भएका जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुसार १ सय ८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लंघनका घटना भएका हुन् ।

इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट ४ र अन्य पक्षबाट १ सय ३८ पीडित भएका जनाएको छ । त्यसमध्ये प्रदेश नं १ मा २५, प्रदेश नं २ मा ४९, लुम्बिनी प्रदेशमा १९, गण्डकी प्रदेशमा १७, कर्णाली प्रदेशमा १५, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा ६/६ जना पीडित भएका छन् ।

साउनमा पत्नी हत्याका ९, परिवारजनबाट हत्याका ४, बलात्कारपछि हत्याको १, हिरासतमा मृत्युका २, १ मानव अधिकार रक्षकसहित ९ जनालाई कुटपिट गरिएको, जातीय विभेदका घटना ३, पुरुषलाई गरिएको यौन दुव्र्यवहारको घटनामा १ र १५ घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

Batas

तीमध्ये बाल अधिकार उल्लङ्घनका घटना ५१ भएको प्रवितेदनमा छ । अभिलेखित घटनामध्ये बलात्कार ३९, यौन दुव्र्यवहार १०, बेचबिखन १ र बेचबिखन प्रयासको घटना १ भएको इन्सेकले जनाएको छ ।

यस्तै महिला अधिकार उल्लंघनका घटना ३९ भएको अध्ययनले देखाएको छ । बलात्कारका घटना २०, बलात्कार प्रयास ५, यौन दुर्व्यहार ३, जबर्जस्ती यौन कार्यमा लगाइएको १, एसिड प्रहार १, ‘बोक्सी’ आरोप १ र घरेलु हिंसा ३ भएको इन्सेकको उक्त प्रतिवेदनमा उल्लेख छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.