www.tandavnews.com
Fact ~ In search of truth

पहिरोकाे कारण पासाङल्हामु राजमार्ग बन्द

भारी वर्षासँगै आएको पहिराका कारण धुञ्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरूद्व भएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार धुञ्चेभन्दा पारिपट्टी खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको हो । नेपाल चीनबीचको व्यापार व्यवसाय गर्ने एकमात्र अन्तर्राष्ट्रिय राजमार्ग भएका कारण छिटोभन्दा छिटो खुलाउन पहल कदमी सुरू भइरहेको बताइएको छ ।

राजमार्ग अवरूद्ध हुँदा दर्जनौं सवारीसाधन बीचबाटामै अलपत्र परेका छन् । उत्तरी रसुवामा आकस्मिकरूपमा पर्ने बिरामीसमेत जिल्ला अस्पताल धुञ्चे ल्याउन समस्या उत्पन्न भएको छ । आकस्मिक पहिरो पन्छाउने प्रयोजनका लागि सडक विभागले धुञ्चेमा राखिएको लोडर सञ्चालन गर्न अपरेटर नहुँदा पहिरो पन्छाउन समस्या उत्पन्न भएको ट्राफिक प्रहरीले जनाएको छ । धुञ्चेमा उपकरण भएको र चालक भने काठमाडौँतर्फ गएको ट्राफिक प्रहरीको भनाइ छ ।

पछिल्लो जानकारीअनुसार स्याफ्रुबेँसीमा रहेका एक सडक प्राविधिकले स्थलगत निरीक्षण गरी मंगलबारसम्म राजमार्ग सञ्चालन गराउने प्रतिबद्वता गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । राजमार्ग खोल्नका लागि स्याफ्रुबेँसीतर्फ रहेका उपकरण ल्याउने तयारी भइरहेको बताइएको छ । रासस

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.