www.tandavnews.com
Fact ~ In search of truth

२ सदस्य पदमुक्त नभएसम्म लुम्बिनी प्रदेशसभा चल्न दिदैनौंः नेकपा ‘एमाले’

नेकपा ‘एमाले’ ले आफ्नो पार्टीले कारवाही गरेका प्रदेशसभाका २ जना सदस्य पदमुक्त भएको सूचना नदिँदासम्म बैठक चल्न नदिने बताएको छ ।

आज सभामुख पूर्णबहादुर घर्तीलाई भेटेर माग पूरा नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने माग दोर्याएको हो । सभामुखले पठाएको पत्रको प्रतिक्रियास्वरुप फेरि अर्को पत्र बुझाएको एमाले लुम्बिनीका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । सभामुखले पठाएको पत्र आचरणविपरीत छ भनेर ध्यानाकर्षण गराउन फेरि पत्र बुझाएको र २ सदस्यलाई कारवाही गर्नुपर्ने अडान यथावत् राखेको उनले बताए ।

यसअघि भदौ १ गते एमालेले सभामुखलाई पत्र बुझाउँदै प्रदेश सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारवाही गरिएको सूचना दिन माग गरेको थियो । सभामुखले भने, ‘कारवाही गर्न नमिल्ने जवाफ फर्काउनुभएको थियो । सभामुखको प्रतिक्रियापछि एमालेले दोस्रो पत्र बुझाएको हो ।’

Batas

भदौ १ गतेदेखि नवौँ अधिवेशन सुरु भए पनि विपक्षी दल एमालेले लगातार अवरुद्ध गर्दै आएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.