www.tandavnews.com
Fact ~ In search of truth

पानी पर्ने क्रम झन् बढ्ने मौसमविद्को पूर्वानुमान

भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मनसुनी वायु सक्रिय हुँदै गएकाले भोलि बेलुकीदेखि ठूलो पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार विशेषगरी पहाडी भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । भोलि बेलुकीदेखि शनिबारसम्म नै झरीको सम्भावना रहेकाले बाढी–पहिरोको जोखिम बढ्नेछ । हिजोदेखि नै मनसुनी वायुको प्रभाव बढ्दै गएकाले आज दिउँसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा बागमती प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा भने ठूलो पानी पर्ने उनले जानकारी दिए ।

मौसमविद् पौडेलका अनुसार आजभन्दा भोलि धेरै ठाउँमा पानी पर्नेछ । भोलि राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ । गण्डकी प्रदेशका एकदुई ठाउँमा भने निकै ठूलो पानी पर्ने सम्भावना छ । पानी पर्ने क्रम बढ्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भन्दै उनले भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेका छ्न् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.