www.tandavnews.com
Fact ~ In search of truth

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य फेरि बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले बढेको उनले बताए । अब पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजेल तथा मट्टितेल १ सय १३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए ।

एलपी ग्यासप्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४ सय ५० कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन ‘अन्तर्राष्ट्रिय उडान’ मा प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ बिक्री मूल्य अमेरिकी डलर ७ सय ७० प्रतिकिलोलिटर कायम गरिएको छ । इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको बताएको छ ।

Batas

गत असार ३० गते पनि निगमले मूल्य समायोजन गरेको थियो । यसैबीच, सत्तारूढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसित माग गरेको छ । आज बिहान एक विज्ञप्ति जारी गर्दै संघका महामन्त्री बलदेव तिमल्सिनाले उक्त मूल्यवृद्धिको भत्र्सना गरेका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.