www.tandavnews.com
Fact ~ In search of truth

बागलुङकाे अवरुद्ध लोकमार्ग खुल्यो

वर्षासँगै आएको बाढीपहिराका कारण बागलुङका मुख्य राजमार्ग अवरुद्ध हुँदै आएका छन् । २ दिनदेखिको लगातारको झरीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका–३ स्थित बोक्से र कालिगण्डकी करिडोरको फुर्से खोलामा पहिरो खसेका कारण सडक अवरुद्ध भएकामा अहिले खुलाइएको हो ।

कालीगण्डकी करिडोरमा भने पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बताए । बोक्सेमा खसेको पहिराले सडक अवरुद्ध भएकामा प्रहरी र लोकमार्ग आयोजनाको पहलमा सडक खुलाइएको हो । सडक खुलेपछि सोमबार बेलुकीदेखि अलपत्र परेका यात्री गन्तव्यतर्फ लागेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.