www.tandavnews.com
Fact ~ In search of truth

लायन्सको ‘खुसीका लागि सेवा’ रक्तदान कार्यक्रम सम्पन्न

लायन्सको अभियान ‘खुसीका लागि सेवा’ मा लायन्स क्लब पोखरा समृद्धिले रक्तदान गरेको छ । ६८ औं पटक रक्तदान गरेका रेडियो सराङकोटका कार्यकारी निर्देशक कृष्ण थापा, शुभकामना महिला विकास केन्द्रका संस्थापक अध्यक्ष तीर्थ श्रेष्ठलाई ब्लड ब्याग दिई कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान कार्यक्रमबाट प्राप्त रगतलाई प्रदेश सरकारले सहयोग गरेमा सो रगत निशुल्क रुपमा प्रदान गर्न सकिने बताए । कार्यक्रममा लायन्स लिडरसिप एकेडेमी प्रमुख सूचित्रा थापाले लायन्स अभियान समाजिक कार्यका लागि समर्पित भएको बताइन् ।

क्लबका अध्यक्ष रजनी श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा लायन्स सर्भिस सेवा अभियान प्रमुख मदन मुल्मी, लायन्स रक्तदान कार्यक्रम प्रमुख महेश पौडेल, लायन्स डिस्ट्रिक विभाग प्रमुख राधिका थापा, पूर्वअध्यक्ष कुश्मा राणा, रिजन प्रमुख सन्तोष घिमिरे, रेडियो सराङकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठ, सिद्धार्थ क्लबका अध्यक्ष पार्वती माकाजू, सचिव प्रमीला जोशी, कार्यक्रम संयोजक सरिता महर्जनलगायतले धारणा राखेका थिए ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.