www.tandavnews.com
Fact ~ In search of truth

कोरोना कहरलाई मध्येनजर गर्दै १ वर्ष थपियाे ऋणको पुनर्संरचना गर्ने म्याद

नेपाल राष्ट्र बैंकले आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई १ वर्षसम्म म्याद थप गर्न निर्देशन दिएको छ । अर्धवार्षिक मौद्रिक समीक्षामार्फत कोरोनाबाट असरपरेका उद्यमी तथा व्यवसायीलाई ऋणको पुनर्संरचना र पुनर्तालिकीकरणका लागि म्याद थप गरिएको हो।

नेपाल राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकीकृत निर्देशन जारी गर्दै यस्तो सुविधा दिन निर्देशन दिएको हो । यो सुविधा कोभिड–१९ बाट अति प्रभावित क्षेत्र मध्ये रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसाय तथा नगद प्रबाह अवरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायीले पाउने छन् ।

‘२०७६ पुस मसान्तसम्म सक्रिय वर्गमा रहेका कर्जालाई ऋणीले पुर्नसंरचना र पुर्नतालिकीकरण गर्नका लागि असार मसान्तभित्र लिखित कार्ययोजना पेश गरेमा बैंक तथा वित्तीय संस्थाले सोको विश्लेषण गरी बक्यौता ब्याजको न्यूनतम ५ प्रतिशत अशुल उपर गरी १ पटकका लागि कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ’ मौद्रिक समीक्षामा भनिएको छ।

यस्तो ब्याजलाई पुँजीकरण गर्न नपाइने तथा पेनाल ब्याजसमेत नलाग्ने व्यवस्था मिलाउनसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ । यसैगरी कोभिड–१९ बाट अति प्रभावित क्षेत्रहरु मध्ये होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई परेको कोभिड–१९ को असर मूल्यांकन गरी २०७९ असार मसान्तसम्म पाक्ने ब्याजलाई छुट्टै हिसाब राखी २ वर्ष सम्ममा कम्तीमा ४ किस्तामा असुली गर्ने व्यवस्था मिलाउनसमेत राष्ट्र बैंकको निर्देशन छ ।

Batas

यसअघि बक्यौता ब्याजको न्यूनतम १० प्रतिशत अशुल उपर गरी कर्जा पुनर्संरचना गर्न पाउने व्यवस्था गरिएकोमा सोमा समेत मौद्रिक समीक्षामार्फत सहजीकरण गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञालाई मध्यनजर गरी ऋणीहरुले २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने इएमआई/इक्युआई वा अन्य साँवाब्याज निषेधाज्ञाको कारणले भुक्तानी गर्न नसकेको अवस्थामा ऋणीको वित्तीय स्थिति मूल्यांकन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्ने छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.