www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस पार्टी कार्यालयमा २५ जिल्ला सभापतीद्धारा धर्ना

क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने भन्दै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूले धर्ना सुरु गरेका छन् । महिना दिनभन्दा लामोसमयदेखि धर्ना बसिरहेकाहरुको माग सम्बोधन नहुँदै फेरि संस्थापन इतर पक्षका २५ जिल्ला सभापतिहरु पनि क्रियाशिल सदस्यको नामावली सार्वजनिक गर्न भन्दै धर्नामा बसेका हुन् ।

कांग्रेस महाधिवेशनका मतदाता हुने क्रियाशील सदस्यको विषयलाई लिएर यसअघि पनि केही नेता कार्यकर्ता धर्नामा बस्दै आएका छन् । नेता रामअयोध्या प्रसाद यादवको धर्ना ४३ दिनमा बल्ल सकिएको छ । तर केही नेता कार्यकर्ता ३२ दिनदेखि धर्नामा बसिरहेका छन् । सानेपा स्थित नेपाली कांग्रेस पार्टी कार्यालयको मुल ढोकाको बायाँपट्टी केही नेता कार्यकर्ता टुक्रुक्क बसेका छन् । त्यसको ठिक पछाडि भित्तामा न्यायका लागि धर्ना लेखिएको ब्यानर टाँगिएको छ ।

कैलाली क्षेत्र नम्बर १ स्थित टिकापुर–१ बाट आएका उनीहरु क्रियाशील सदस्यता वितरणमा एकलौटी गरिएको भन्दै धर्मामा बसेको बताएका छन् । महिना दिनभन्दा लामोसमयदेखि धर्ना बसिरहेकाहरुको माग सम्बोधन नहुँदै संस्थापन इतर पक्षका २५ जिल्ला सभापतिको धर्ना पनि सुरु गरेका छन् । मनपरी ढंगले सदस्यता थप गरेकाले नामावली सार्वजनिक गर्न माग गरिएको सिन्धुपाल्चोक कांग्रेस सभापति विकास लामाले बताए । २०७७ को फागुन ७ देखि गर्ने भनिएको कांग्रेस महाधिवेशन सदस्यता विवादकै कारण भदौमा सारिएको थियो । तर तोकिएको मितिमा पनि महाधिवेशन गर्न नसक्ने भएपछि, पुनः मंसिर ९ देखि १३ गतेसम्मको मिति तोकिएको छ ।

Batas

मतदाताको नाम सार्वजनिक नभई अधिवेशन हुने नहुने बाराको महागढिमाई नगरपालिकाका उपप्रमुखसमेत रहेका कांग्रेस कार्यकर्ता तारादेवी कानुले बताइन् । विधानअनुसार सदस्यता नवीकरण र वितरण हरेक वर्ष गरिनुपर्ने भएपनि त्यस्तो नहुँदा समस्या हुँदै आएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने केन्द्रीय समितिले पास गरेको निर्देशिका अनुरुप मतदाताको नामावली सार्वजनिक गरिने बताए ।
सदस्यताको टुंगो लाग्नुलाई ६० प्रतिशत महाधिवेशनको प्रक्रिया पूरा भएको व्याख्या गरिन्छ । तर धर्नामा रहेकाहरुको माग सम्बोधन नभएर ३ पटक सरिसकेको कांग्रेस महाधिवेशन फेरि अन्यौलमा पर्न सक्छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.