सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११ः३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
बसभित्र २ जना च्यापिएको अवस्थामा देखिएकाले प्रहरीद्वारा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल र १५ जनालाई खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचारका लागि पठाइएको छ । जिल्लाको लिङ्खु पाखरबाट काठमाडौँतर्फ गइरहेको बा ३ ख ८०३० नं को यात्रुवाहक बस घुम्तीबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.