www.tandavnews.com
Fact ~ In search of truth

आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा ‘एमाले’ को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । औपचारिक रुपमा एमाले विभाजन भएपछि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

हिजो वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा ‘एकीकृत समाजवादी’ लाई निर्वाचन आयोगले मान्यता दिएको थियो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो १२ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनका अनुसार आजको बैठकले स्थायी कमिटी बैठकले गरेका प्रस्ताव अनुमोदन गर्ने तयारी छ । यस्तै विभिन्न कार्ययोजना पारित हुने उनले जानकारी दिए ।

यसअघि अस्ति मंगलबार एमाले स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठकले एमाले एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्दै राष्ट्रिय सम्मेलन मंसीरमा गर्ने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले बताए ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.