www.tandavnews.com
Fact ~ In search of truth

३ अर्ब २२ करोडमा बिक्यो पोखराको मणिपाल, बतास र अटोवेजले गरे सम्झौता

पाेखरा

बतास अर्गनाईजेसन र अटोवेज समूहले पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पताल खरिद गरेको छ ।

बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत लगानी रहने गरी रु ३ अर्ब २२ करोड ६० लाखमा अस्पताल खरिद गरिएको अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले ताण्डव न्युजलाई जानकारी दिए । ‘अस्पताल खरिदका लागि सबै प्रक्रिया लगभग टुंग्सिकेको छ’ उनले भने स्वामित्व हस्तान्तरण कहिले हुन्छ डेट एकिन गरेका छैनौ ।’

Batas

यसअघि भारतीय लगानीकर्ता समूहले चलाएको पोखराको मणिपाल अस्पतालसँग १० रोपनी जग्गा र भवनका साथै अतिरिक्त ३० रोपनी जग्गा रहेको छ । साथै नेपाल मेडिकल काउन्सिलबाट हरेक वर्षमा १ सय जनाको एमबिबिएस अध्यापनको अनुमति पाउँदै आएको मणिपाल शिक्षण अस्पतालको ९ सय बेड क्षमता छ ।

खरिद सम्झौता पूरा भई स्वामित्व लिईसकेपछि अस्पताल सञ्चालक समितिमा ४ जना रहने सहमति भएको पौडेलले बताए । जसअनुसार बतास समूहका अध्यक्ष आनन्दराज बतास अध्यक्ष तथा अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेल उपाध्यक्ष रहने छन् । यस्तै, बतास समूहका प्रबन्ध निर्देशक शान्तराज बतास तथा निर्देशक विपेन्द्रराज बतास बोर्ड सदस्यका रुपमा रहने छन् ।

अस्पताललाई पब्लिक लिमिटेड कम्पनीका रुपमा लैजाने योजना रहेको अध्यक्ष आनन्द बतासले बताए । यस्तै, मेडिकल कलेजमा प्यारामेडिकल कोर्स, बिबिए तथा एमबिए एन्ड इञ्जिनियरिङ र बिडिएस अध्ययन सुरु गर्ने योजना रहेको उनले जानकारी दिए । अस्पताल आफूहरुको स्वामित्वमा आएसँगै नशा वा मुटुरोगको सबै उपचार पोखरामा नै हुने उनको भनाई छ ।

सन् १९९४ मा भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपको लगानीमा सञ्चालनमा आएको यो कलेज पछिल्लो समय ट्रेड युनियनका कारण समस्यामा परेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.