www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका मन्त्रीद्वय कोरोनामुक्त

पोखरा

गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा र कृषि, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा कोरोना सँक्रमण मुक्त भएका छन् । विगत १५ दिनदेखि होम आईसोलेसनमा रहेका मन्त्रीद्वयको दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

सामान्य रुघाखोकी र ज्वरो देखिएपछि उपचार गर्न जाँदा २ हप्ताअघि उनीहरुको स्वाव संकलन गरिएको थियो । स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना सँक्रमण पुष्टि भएको थियो ।

Batas

बुधवार गरिएको परीक्षणमा नेगेटिभ आएसँगै नियमित मन्त्रालयको काम सुरु गरेको थापाका प्रमुख स्वकीय सचिव लोकेन्द्र थापाले बताए । चन्द्रबहादुर बुढामगरका प्रमुख स्वकीय सचिव प्रेम रोकामगरले पनि कोरोना मुक्त भए लगत्तै उनी मन्त्रालयमा नियमित काम गरिरहेको जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.