www.tandavnews.com
Fact ~ In search of truth

हत्या आरोपी पौडेल २४ वर्षपछि पोखराबाट पक्राउ

पोखरा
हत्याको आरोपमा कैद सजाय सुनाईएका पुतलीबजार नगरपालिका–१४ बस्ने ७५ वर्षीय यमप्रसाद पौडेललाई २४ वर्षपछि बल्ल प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत स्याङ्जाको २०५४ कात्तिक ४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ६ महिना १२ दिन कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पोखरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत स्याङ्जामा पेस गरिएको प्रहरीले जनाएको छ । अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.