www.tandavnews.com
Fact ~ In search of truth

कोरोना गण्डकीः पछिल्लो २४ घन्टामा ३ सय २८ जना पोजेटिभ

देशभर पछिल्लो २४ घन्टामा २ हजार ५२ जना संक्रमित थपिए

ताण्डव

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार २ सय ३२ जनामा गरिएको नमुना परीक्षणमा थप ३ सय २८ जनामा पोजेटिभ रिपार्ट देखिएको छ ।

रिपार्ट आएका मध्ये कास्कीका ९८, तनहुँका १२, गोरखाका १८, लमजुङका १४, नवलपुर १ सय ३०, स्याङ्जाका ४७, पर्वतका १, बागलुङका २ र म्याग्दीका ६ जनाको रिपार्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । बिहिबारमात्रै गण्डकीमा थप ९ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

Batas

साथै देशभर पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाभाइरसका २ हजार ५२ जना संक्रमित थपिएका छन् । गएको २४ घन्टामा ९ हजार ७ सय २ जनाको आरटिपिसिआर परीक्षण गरिएकोमा २ हजार ५२ जनामा संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितसँगै नेपालमा कोरोनाका कुल संक्रमित ७ लाख ५४ हजार ९ सय १५ पुगेका छन् । हालसम्म ३८ लाख ६८ हजार ७ सय १७ नमुनाको आरटिपिसिआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ३८ हजार ३ सय ८४ जना सक्रिय संक्रमित छन् । गएको २४ घन्टामा १ हजार ९ सय २९ जना कोरोनामुक्त भएका छन् । हालसम्म ७ लाख ५ हजार ८ सय ९३ जना निको भएका छन् ।

गएको २४ घन्टामा २६ जना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म १० हजार ६ सय ३८ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गएको २४ घन्टामा ७० हजार २६ डोज खोप लगाइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.