www.tandavnews.com
Fact ~ In search of truth

४ प्रदेशमा मेघगर्जनसहित भारी वर्षा

ताण्डव

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

अहिले बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली रहेको छ । अहिले प्रदेश १, बाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन र चट्यांगसहित हल्कादेखि मध्यमखालको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Batas

आज दिउँसो धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्यांगसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि प्रदेश १, गण्डकी, लुम्बिनी,कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्यांगसहित भारी साथै धेरै भारी हुने सम्भावना छ ।

बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्यांगसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस पटक धेरै भारी वर्ष भइरहेको हुनाले बाढी र पहिरोको जोखिम बढेको छ । लगातार वर्षाका कारण तराईका जिल्लाहरुमा डुबानको समस्या देखिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.