www.tandavnews.com
Fact ~ In search of truth

कोरोना गण्डकीः पछिल्लो २४ घन्टामा ३ सय ५० जना पोजेटिभ

ताण्डव

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार ४८ जनामा गरिएको नमुना परीक्षणमा थप ३ सय ५० जनामा पोजेटिभ रिपार्ट देखिएको छ ।

रिपार्ट आएका मध्ये कास्कीका १ सय ९०, तनहुँका ३५, गोरखाका २२, लमजुङका ७, नवलपुर ५८, स्याङ्जाका २६, पर्वतका ७ र बागलुङका ५ जनाको रिपार्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । शुक्रबारमात्रै गण्डकीमा थप ६ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

Batas

यस्तै पछिल्लो २४ घन्टामा मुलुकभर १ हजार ५ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । गएको २४ घन्टामा ८ हजार ७ सय ५२ जनाको आरटिपिसिआर परीक्षण गरिएकोमा १ हजार ५ सय ७७ जनामा संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितसँगै नेपालमा कोरोनाका कुल संक्रमित ७ लाख ५६ हजार ४ सय ९२ पुगेको छ । हालसम्म ३८ लाख ७७ हजार ४ सय ६९ नमुनाको आरटिपिसिआर परीक्षण गरिएको छ ।

यसैगरी गएको २४ घन्टामा ४ हजार ३ सय ६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ३७ हजार ५ सय ९९ जना सक्रिय संक्रमित छन् । गएको २४ घन्टामा २ हजार ३ सय ३७ जना कोरोनामुक्त भएका छन् । हालसम्म ७ लाख ८ हजार २ सय ३० जना निको भएका छन् ।

साथै गएको २४ घन्टामा २५ जना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म १० हजार ६ सय ६३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.