www.tandavnews.com
Fact ~ In search of truth

चालू आवको पहिलो १ महिनामा निर्यातसँगै आयातमासमेत वृद्धि

पहिलो महिनामै १ खर्ब ५० अर्ब बढीको आयात

रासस

चालू आर्थिक वर्षको पहिलो महिनामा साढे १ अर्बभन्दा बढीको वस्तु आयात भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव २०७८/७९ को पहिलो महिनाको तथ्यांकअनुसार रु १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो ।

गत आव २०७७/०७८ को पहिलो १ महिना रु ८५ अर्ब ८० करोड ७९ लाख बराबरको आयात गरिएको थियो । सो अवधिका तुलनामा चालू आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको हो ।

Batas

यस्तै चालू आवको पहिलो १ महिनामा रु २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । अन्य आवका तुलनामा चालू आवको १ महिनामा निर्यातमा उच्चरुपमा वृद्धि भएको हो । गत आवको सोही अवधिमा रु ९ अर्ब ६२ करोड बराबरका स्वदेशी सामग्री निर्यात गरिएको थियो । तथ्यांकअनुसार गत वर्षको तुलनामा निर्यात् ११५.८५ प्रतिशतले बढेको हो ।

गत आव २०७७/०७८ को पहिलो १ महिनाको तुलनामा चालू आवको पहिलो १ महिनामा निर्यातसँगै आयातमासमेत वृद्धि भएको छ । त्यस्तैगरी नेपालले साउनमा मात्रै रु १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा रु ७६ अर्ब १८ करोड ७९ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । गत वर्षको तुलनामा चालू आवमा ७०.५९ प्रतिशतले व्यापार घाटा बढेको हो ।

पेट्रोलियम पदार्थको आयात

विभागले सार्वजनिक गरेको १ महिनाको तथ्यांकअनुसार सबैभन्दा धेरै आयात हुने सामग्रीको उच्च स्थानमा पेट्रोलियम पदार्थ छ । १ महिनामा रु १८ अर्ब १३ करोड बढीको पेट्रोलियम पदार्थको आयात तथ्यांकमा उल्लेख छ ।

नेपालमा तेस्रो देशबाट तेलका लागि आवश्यक कच्चापदार्थ आयात गरी नेपालमा प्रशोधन गरी पुनःतेस्रो मुलुक पठाइने गरिएको छ । १ महिनामा नेपालबाट रु ११ अर्ब ९३ करोड बढीको तेलजन्य वस्तुको निर्यात गरिएको छ ।

१ सय २ देशबाट आयात

१ महिनाका अवधिमा १ सय २ देशबाट रु एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्यांकअनुसार १ महिनाको अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

भारतबाट रु ८९ अर्ब ४८ करोड ६३ हजार बराबरको आयात भएको छ । भारतपछि ठूलोमात्रामा आयात चीनबाट भएको छ । चीनबाट १ महिनामा रु २० अर्ब ९७ करोड ६६ लाख बराबरको आयात भएको छ । १ महिनाको अवधिमा भारतमा रु १६ अर्ब ८३ करोड ६९ लाख र चीनमा रु ८ करोड बराबरको निर्यात भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.