www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका २ स्थानीय तहमा विद्यालय खुलाउने तयारी, १ बेन्चमा बढीमा २ विद्यार्थी राखेर कक्षा सञ्चालन गर्ने 

रासस
तनहुँका २ स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालनका लागि विद्यालय खुलाउने तयारी गरिएको छ । ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाले आइतबारदेखि प्रत्यक्ष उपस्थितिमा विद्यालय खुलाउने तयारी गरेका हुन् । त्यसका लागि दुवै स्थानीय तहले विद्यालयलाई परिपत्र गरेका छन् ।

ऋषिङ गाउँपालिकाको शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले सुरक्षा मापदण्ड अपनाई विद्यालय खोल्ने निर्णय गरेको अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिए । उनका अनुसार सबै सामुदायिक विद्यालयमा स्वास्थ्य सामग्री व्यवस्थापन भइसकेकाले मास्क, साबुन, स्यानिटाइजरजस्ता स्वास्थ्य सामग्रीको अनिवार्य प्रयोग गर्न भनिएको छ ।

१ बेन्चमा बढीमा २ विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिइएको छ । एउटा कक्षामा २५ भन्दा बढी विद्यार्थी भएमा आवश्यकताअनुसार सेक्सन विभाजन गरी विभिन्न सिफ्टमा सिकाइ सहजीकरण गर्न समेत निर्देशन दिइएको छ ।

Batas

यसैगरी व्यास नगरपालिकाले पनि आइतबारदेखि नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न परिपत्र गरेको छ । नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले शुक्रबार सबै विद्यालयलाई परिपत्र गर्दै कार्यपालिकाको यही भदौ ८ गतेको निर्णयअनुसार पठनपाठनको निरन्तरता दिन विद्यालय सञ्चालन गर्न निर्देशन जारी गरेको हो ।

तस्विरः नयाँपत्रिका

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.