www.tandavnews.com
Fact ~ In search of truth

अफगानिस्तानः अमेरिकाद्वारा इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण

बिबिसी

अमेरिकी सेनाले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको जनाएको छ । अधिकारीहरूले काबुल विमानस्थलमा १ सय ७० जनाको ज्यान लिने गरी गरिएको हमलाको योजनाकारलाई निशाना बनाइएको जनाएका छन् ।

Batas

                                               काबुल विमानस्थलमा उद्धारका लागि खटिएका अमेरिकी सुरक्षाकर्मी

अमेरिकाले नांगाहार प्रान्तमा गरिएको सो हमलामा एउटा ड्रोनको प्रयोग गरिएको र त्यसले इस्लामिक स्टेटका सदस्यलाई मारेको उल्लेख गरेको छ । काबुलमा रहेका अमेरिकी अधिकारीहरूले थप आक्रमणहरूलाई ध्यान दिँदै विमानस्थलको प्रमुख क्षेत्रहरूभन्दा परै बस्न नयाँ चेतावनी जारी गरेका छन् । वरिष्ठ तालिबान अधिकारीहरूले उनीहरूले काबुल विमानस्थलको मुख्य भाग नियन्त्रणमा लिएको र अमेरिकीहरू जाने बित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन् ।

अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्दार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ । अमेरिकाले प्रारम्भिक संकेतहरूलेु इस्लामिक स्टेटका सदस्य मारिएको र कुनै पनि गैरसैनिक हताहत नभएको बताएको छ।

शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीबारको आत्मघाती आक्रमणमा संलग्न जिहादीलाई अमेरिकाले नछाड्ने बताएका थिए । इस्लामिक स्टेट खोरसान अर्थात आइएसके भन्ने समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको थियो ।

इस्लामिक स्टेट समूहको एउटा तल्लो संगठनका रूपमा रहेको उक्त समूह अफगानिस्तानको सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकु समूह हो । सो समूहले काबुल विमानस्थल बाहिर रहेको महिला, पुरुष र बालबालिकाको भिडमा आत्मघाती विस्फोटन गराएको थियो ।

देश छाड्ने प्रयासमा रहेका दर्जनौँ अफगान नागरिक मारिएका थिए । अमेरिकी फौजबाहेक २ ब्रिटिस नागरिक र ब्रिटिस नागरिकका १ सन्तान पनि आक्रमणमा मारिएका थिए । देश छाड्न आतुर अफगान नागरिकको बर्हिगर्मन प्रक्रियामा सघाउन अझै पनि करिब ५ हजार अमेरिकी फौज काबुल विमानस्थलमा खटिएका छन् ।

बिहीबारको हमलापछि यो अफगानिस्तानमा गरिएको पहिलो ड्रोन हमला भएको जनाइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.