www.tandavnews.com
Fact ~ In search of truth

कोरोना गण्डकीः पछिल्लो २४ घन्टामा ३ सय ४ जना पोजेटिभ

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा गण्डकीमा गरिएको नमुना परीक्षणमा थप ३ सय ४ जनामा पोजेटिभ रिपार्ट देखिएको छ ।

रिपार्ट आएका मध्ये कास्कीका १ सय ८८, तनहुँका २९, लमजुङका १२, नवलपुर ५३, स्याङ्जाका १६, र म्याग्दीका ६ जनाको रिपार्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । आजमात्रै गण्डकीमा थप ५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यो सँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ८४ पुगेको छ भने संक्रमितको संख्या ८० हजार ८ सय ७८ पुगेको छ ।

Batas

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज १३ हजार १ सय ७६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । हालसम्म देशभर ३६ हजार ८ सय ६६ सक्रिय संक्रमित छन् ।

त्यस्तै आज २ हजार २ सय २२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा ७ लाख १० हजार ४ सय ५२ जना संक्रमण मुक्त भई घर फर्किएका छन् । आजै संक्रमणबाट २७ जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट १० हजार ६ सय ९० जना निधन भइसकेका छन् । सघन उपचारकक्ष ‘आइसीयू’ मा ६ सय १५, भेन्टिलेटरमा १ सय ७४, होम आइसोलेसनमा ३३ हजार ८ सय ३५, संस्थागत आइसोलेसनमा ३ हजार ३१ र क्वारिन्टिनमा ३ सय ४६ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म ५० लाख ६३ हजार ५ सय २२ जनाले पहिलो मात्रा र ४० लाख ५२ हजार ७ सय ६५ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.