www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता

रासस

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ‘माओवादी केन्द्र’ का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा ‘एकीकृत समाजवादी’ का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिने लगायत समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Batas

नेकपा ‘एमाले’ फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मन्त्रिमण्डललाई पूर्णता दिन लागेको हो ।

वर्तममान गठबन्धनका मुख्य सारथी मानिभएका माधव नेपालको दल दर्ताका लागि समय लागेकाले प्रधानमन्त्री देउवाले डेढ महिनासम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित ६ जना रहेका छन् । जसमा कांग्रेस र माओवादीका २/२ मन्त्री र कांग्रेसका तर्फबाट १ राज्यमन्त्री रहेका छन् ।

सरकारले अध्यादेश ल्याएरै नेकपा एमाले र जसपा विभाजनका लागि सहजीकरण गरेको थियो । दल विभाजनका लागि अध्यादेश ल्याउने देउवा सरकारको निर्णयको सर्वत्र आलोचना भए पनि त्यही अध्यादेशमा टेकेर नेपाल र महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराइसकेका छन् ।

सरकारमा नेपालको नेकपा ‘एस’, जसपा जाने निश्चित भइसकेको छ भने राष्ट्रिय जनमोर्चाले नजाने जनाइसकेको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको लोसपा पनि उपयुक्त स्थान पाए सरकारमा जानसक्ने बताइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.