www.tandavnews.com
Fact ~ In search of truth

कास्कीः अवैध लागूऔषधसहित ७ जना पक्राउ

ताण्डव

पोखरा महानगरपालिका– १५ चोरसाँघुबाट नियन्त्रित लागूऔषध २ सय ८० एम्पुल नुर्फिन, २ सय ८० एम्पुल फेनरागन, २ सय ८० एम्पुल डाईजेपाम, नगद ३ लाख २९ हजार रुपैयाँ, सुन जस्तो देखिने पहेंलो रङको धातु १ केजी, १ थान पेस्तोल जस्तो देखिने लाईटर र ३ थान मोबाइलसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–९ शिवटोलस्थित सुकुम्बासी बस्ती बस्ने ३७ वर्षीय लोकबहादुर श्रेष्ठ र उनकै श्रीमती ३२ वर्षीया विष्णु श्रेष्ठ गुरुङ रहेका छन् । उक्त ठाउँमा अवैध रुपमा लागूऔषध खरिदबिक्री र संकलन गरी कारोबार गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा घरको कोठा तथा हाँसको खोरमा खाल्डो खनी लुकाई राखेको अवस्थामा उक्त लागूऔषध लगायतका सामान फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

Batas

यस्तै पोखरा महानगरपालिका–२३ पामे बस्ने २७ वर्षीय अर्जुन नेपालीलाई २ एम्पुल नुर्फिन, २ एम्पुल फेनरागन र २ एम्पुल डाइजेपामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.