www.tandavnews.com
Fact ~ In search of truth

ब्रेकिङः राम्दीमा मनपुवा डाँडा खस्दा वालिङकी धनमायाको मृत्यु, राजमार्गमा सयौं यात्रु अलपत्र

ताण्डव

स्याङजा र पाल्पाको सिमानास्थित राम्दीमा पूजा गरी खाजा खान बसेका तीर्थयात्री बसेको घरमाथिको मनपुवा डाँडा खस्दा वालिङकी धनमाया मगरको घटनास्थलमै मृत्यु भएको छ । राम्दी प्रहरी अस्थायी बिटले दिएको जानकारी अनुसार तीर्थयात्री खाजा खान बसेको बेला सामान्य होटलकारुपमा रहेका उक्त घरमाथिको मनपुवा डाँडामा पहिरो आएको हो ।

पहिरोमा परी ४ घरमा क्षति पुगेको छ । उक्त घरभित्र रहेका अर्का एकको अवस्था अज्ञात छ भने घाइते २ जनाको उद्धार गरी युनाइटेड मिसन अस्पताल तानसेन पठाइएको छ । सिद्धार्थ राजमार्गमा पर्ने उक्त स्थान स्याङजा र पाल्पाको सिमाना रहेको राम्दी कालिगण्डकीबाट करिब १ सय मिटर यता पर्छ । प्रहरीले जनाएअनुसार मृतकको उमेर करिब ४५ वर्ष रहेको छ ।

Batas

हाल घटनास्थलमा स्याङजा र पाल्पाका प्रहरीहरुले जेसिबीमार्फत अज्ञात व्यक्तिको खोजीकोसाथै सडक खुलाउने कार्यमा जुटेका छन् । राजमार्गमा सयौं यात्रु अलपत्र रहेको ताण्डव सम्वाददाता अर्जुन गाहाले जनाएका छन् । गाहाका अनुसार राजमार्ग सुचारु गर्न साँझसम्म लाग्ने प्रहरीले बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.