www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश प्रमुख गुरुङद्धारा कृष्ण जन्माष्टमीको शुभकामना सन्देश

ताण्डव

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्धारा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका छन् ।

प्रमुख गुरुडले आज एक शुभकामना सन्देश जारी गर्दै ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्मोत्सवको दिन मनाइने यो पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामनासहित शुभकामना व्यक्त गरेको हो ।

Batas

उनले बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त समाजलाई एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले सहयोग पुर्याउनेछ भन्ने विश्वास व्यक्त गरेका थिए । गुरुडले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको सत्संकल्प, सद्भाव, सद्विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण राख्न सकिने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.