www.tandavnews.com
Fact ~ In search of truth

कोरोना महामारीलाई मध्येनजर गर्दै ‘लेउवा’ संघको १३ औं महाधिवेशन स्थगित

ताण्डव

लेखनाथ उद्योग वाणिज्य संघको भाद्र १८ र १९ गतेका लागि तोकिएको १३ औं महाधिवेशन अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ ।

चुनावी प्रक्रियादेखि अधिवेशनमा धेरै जनाको उपस्थिति हुन सक्ने र कोरोनाको महामारी विद्यमान रहिरहेको अवस्थालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख थानेश्वर गौतमको आग्रहमा अर्को सूचना नाउदाँसम्मका लागि महाधिवेशन रोकिएको हो ।

Batas

यसैबिच आइतबारै संघको कार्यसमितिको बैठक बसी भाद्र ११ गतेसम्म भएका निर्वाचनका कार्यक्रमहरुलाई यथावत राख्दै यसभन्दा पछिको कार्यक्रम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ ।

स्थगित भएको निर्वाचनको कार्यक्रम अर्को सूचना आउनुभन्दा १० दिन अगाडि सार्वजनिक गरिनेसमेत लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए । यसअघि संघको निर्वाचनको कार्यक्रम अन्तरगत उम्मेदवारी दर्तादेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकिएको थियो ।

उमेदवारी दर्ताको क्रममा अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र उम्मेदवारी परेकाले आत्रेय निविरोध भईसकेका छन् भने संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एसोसियट सदस्यमा पनि मेघराज पौडेल निविरोध निर्वाचित भएका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.