www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकाद्धारा काबुलमा ड्रोन आक्रमण, ९ जनाको मृत्यु

एजेन्सी/ताण्डव

अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ । अर्को गम्भीर र घातक आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन् ।

इस्लामिक स्टेटको अफगान समूह ‘आइएस–के’ का सम्भावित आक्रमणकारीलाई निशाना बनाएर आक्रमण गरेको अमेरिकाले दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । अमेरिकाले गरेको ड्रोन आक्रमणमा एकै परिवारका ९ सदस्य मारिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ । मारिनेमा ६ बालबालिका रहेको बताइएको छ । निशाना बनाइएको ‘आइएस–के’ को सवारीसाधनमा रहेको विस्फोटक पदार्थका कारण भएको बिस्फोटले क्षति भएको हुनसक्ने अमेरिकाले बताएको छ ।

Batas

अमेरिकाले यसअघि फेरि पनि गम्भीर आतंकवादी आक्रमणको जोखिम रहेको भन्दै चेतावनी दिएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.