www.tandavnews.com
Fact ~ In search of truth

‘म राजेश हमाल’

ताण्डव

नायक राजेश हमालको नाम राखेर ‘म राजेश हमाल’ चलचित्र निमार्ण हुने भएको छ । चलचित्रमा कलाकार महेश त्रिपाठी अनुबिन्धत छन् ।

चलचित्र निमार्ण पक्षले कलाकारहरुसँग सम्झौता गरेको पछि महशे त्रिपाठीले यस चलचित्रमा मुख्य भूमिकामा दर्शकहरुले देख्न पाउने भएको छ । त्रिपाठीको चलचित्र ‘चपलीहाइट ३’ र ‘हल्कारा’ कोरोनाका कारण प्रर्दशन रोकिएको छ ।

Batas

ओस्कार कलेज अफ फिल्म स्टडिजमा प्रध्यापन गराउँदै आएका त्रिपाठीका थुप्रै साना चलचित्रहरु विदेशी फिल्म फेस्टिवलहरुमा प्रदर्शनसमेत भएका छन् । निर्माता केदार भुषालले उनको योगदानलाई ट्रिब्युट गर्ने गरी फिल्म बनाउन लागेको बताए । चलचित्रले राजेश हमालको योगदानको चर्चा गर्नेभन्दा पनि यसको भावनात्मक पाटोको कथा भन्ने निर्माता भुसालले बताए । ‘यो फिल्म उहाँको सम्मानमा बन्न लागेको हो नै तर यसमा सुपरस्टारको इमोसनको कुरामा हाम्रो कथा केन्द्रित हुनेछ’, उनी बताउँछन् । ‘म राजेश हमाल’ मा चलचित्रमा कलाकार महेश त्रिपाठी, सञ्चिता लुइँटेल, मुकुन भुषाल, एवन राज उप्रेती, सञ्जोग रसाइली र अस्मिता लामिछाने अनुबन्ध छन् ।

चलचित्रको सुटिङ आगामी हप्तादेखि धनगढीबाट सुरु गर्ने निर्माण टिमले जनाएको छ । चलचित्रको निर्देशन भने विक्रम लामाले गर्नेछन् । चलचित्रमा आर्यन सिग्देलंलाई पनि अतिथि कलाकारको रुपमा देख्न पाइने भुसाले बताएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.