www.tandavnews.com
Fact ~ In search of truth

सिद्धार्थ राजमार्ग अझै अवरुद्ध

रासस

सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान खसेको पहिरोले पाल्पा–बुटबल सडकखण्ड अवरुद्ध भएको थियो । आइतबार राति पहिरो हटाउन डोजर प्रयोग गरिए पनि भारी वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । आज बिहानदेखि वर्षा रोकिएकाले डुम्रेको पहिरो हटाएपछि दिउँसोदेखि नियमित रुपमा यातायातका साधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ थियो ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.