www.tandavnews.com
Fact ~ In search of truth

महामन्त्रीमा गगन थापाको उम्मेद्वारी

ताण्डव

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आउँदो १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलामा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘मैले योभन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’

Batas

१३ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीकै उम्मेदवार बनेका थापाले ५ सय ८४ मत पाएका थिए । नेता अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूह तथा डा. शशांक कोइराला रामचन्द्र पौडेल समूहबाट उम्मेदवार रहेकोमा कोइराला निर्वाचित भएका थिए । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउँदो मंसिर ९ गतेदेखि १३ गतेसम्म गर्ने घोषणा गरिएको छ । यही १८ भदौंदेखि वडा तहबाट कांग्रेसको अधिवेशन सुरु हुँदैछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.