www.tandavnews.com
Fact ~ In search of truth

२० वर्षे अमेरिकी कारबाहीकाे अन्त्य, अफगानिस्तानमा नयाँ अनिश्चित अध्याय सुरु

ताण्डव/बिबिसी

२००१ देखि अफगानिस्तानमा सुरु भएको अमेरिकी उपस्थिति २० वर्षपछि अन्त्य भएको छ । अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको छ ।

Batas

अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीले भने, ‘हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी १७ विमान उडेको छ । योसँगै सैन्य उद्दारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ। जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जस अन्तर्गत ओसामा विन लादेन तथा उनका थुप्रै अल कायदा षडयन्त्रकारीहरूमाथि कारबाही भएका थिए ।’

फौज फिर्ती अभियानको सुपरिवेक्षण गरेका जनेरल फ्र्यांक मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्दार गरेको बताए ।

अमेरिकाले यसअघि तालिबानसँग दोहामा गरेको सम्झौता अगस्ट ३१ सम्ममा अफगानिस्तान छोडिसक्ने उल्लेख गरेको थियो । सोही समय सकिनु १ दिन अघि अमेरिकी सेना फिर्ता भएको छ । अन्तिम अमेरिकी विमान बाहिरिएसँगै तालिबानहरुले राति काबुलको आकाशमा रातो प्रकाश छरेर अनि मेसिनगन चलाएर खुसियाली मनाएको जनाएको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले एउटा प्रस्ताव पारित गर्दै पश्चिमा युद्ध प्रयासलाई समर्थन गर्ने अफगानहरूलाई देश छाड्न दिनेसहितका प्रतिबद्धता तालिबानले पालना गर्ने अपेक्षा गरेको छ । उक्त प्रस्तावमा प्रतिआतंकवाद, मानवअधिकार र मानवीय सहायता अनि अफगानिस्तानको नयाँ चरणलाई समर्थन गर्ने केही निश्चित सर्तहरू उल्लेख गरिएका छन् । चीन र रुस मतदानमा अनुपस्थित भएका थिए ।

अन्तिम अमेरिकी फौज फर्किएपछि प्रतिक्रिया दिँदै तालिबानका एकजना प्रवक्ताले अफगानिस्तानले पूर्ण रूपमा स्वतन्त्रता हासिल गरेको बताएका छन् । तर काबुलस्थित १ जना संवाद्‍दाता भन्छिन्, ४ करोड जनसंख्या भएको अफगानिस्तानमा नयाँ अनिश्चित अध्याय सुरु भएको छ । अमेरिकाको सर्वाधिक लामो युद्ध अन्त्य भएको भए पनि अफगानहरूको दैनिक संघर्ष अन्त्य भएको छैन । कैयौँ अफगानहरू तालिबानबाट बदलाभाव राखिने भन्दै चिन्तित रहेको उल्लेख गर्दै उनले तालिबानका समर्थकहरूले इस्लामवादी राज्यको स्थापनाको माग गर्ने बताइन्।

अमेरिकी सेना पूर्णरुपमा फिर्ता भएसँगै अब काबुल विमानस्थललाई तालिबानले आफ्नो हातमा लिने छ । तालिबानले अब विमानस्थलमा व्यापारिक उडानको सुरुवात गर्ने र कागजात भएका व्यक्ति देशबाहिर जान पाउने बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.