www.tandavnews.com
Fact ~ In search of truth

बाढी र पहिरोबाट घर गुमाएकालाई सरकारले तत्काल ५० हजार दिने

ताण्डव

सरकारले बाढी र पहिरोबाट पूर्णक्षति भएका निजी आवास निर्माणको लागि अनुदान दिने भएको छ । बाढी र पहिरोबाट निजी घर गुमाएका प्रभावितलाई अस्थायी आवास निर्माणका लागि तत्काल ५० हजार रुपैयाँ दिइने राष्ट्रिय विपद् जोखिम न्युकिकरण तथा व्यवस्थापन प्राधिकरण प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए ।

उनले मनसुन सकिएपछि निजी आवास निर्माणको लागि हिमाली क्षेत्रमा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ अनुदान दिन लागेको जानकारी दिए । प्राधिकरणका अनुसार पछिल्लो ३ दिनमा ४ हजार ५ सय घर र ९० हजार सर्वसाधारण बाढी र पहिरोबाट प्रभावित भएका छन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.