www.tandavnews.com
Fact ~ In search of truth

देशभरको मौसममा सुधार, आज सुदूरपश्चिमको १/२ ठाउँमा भारी वर्षाको सम्भावना

ताण्डव

काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज बिहानै घाम लागेको छ । मनसुन सक्रिय भएपछि गत बिहीबारदेखि देशका धेरै ठाउँमा झरीपरेको थियो । हिजोसम्म पानी पारेको प्रणाली केही कमजोर बनेकाले आज बिहानै घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार त्यो प्रणाली केही कमजोर बनेको भएपनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आज पनि पानीपर्ने क्रम भने चल्नेछ । तर हिजोअस्तिको जस्तो लगातार वर्षाको सम्भावना भने निकै कम रहेको उनको भनाइ छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुँदा अरु ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् शाक्ले बताए । राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Batas

यसैबीच भेरी नदी जामु जलमापन केन्द्रमा बाढी आएकाले तटीय क्षेत्रका नागरिकलाई दिउँसोसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले भेरी नदी जामु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई दिउँसोसम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.