www.tandavnews.com
Fact ~ In search of truth

आजबाट श्रीलंकन एयरको काठमाडौँ सीधा उडान सुरु

ताण्डव/रासस

श्रीलंकन एयरलाइन्सले आजदेखि काठमाडौँ–श्रीलंका सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलंकन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजमा १ सय ३२ यात्रु काठमाडौँ आएका छन् । कोलम्बो–काठमाडौँ नियमित उडान सुरु भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार काठमाडौँबाट १ सय ४९ यात्रु लिएर श्रीलंकन एयरको जहाज बिहान ११ः१० बजे पुनः कोलम्बो उडेको छ । सातामा २ दिन मंगलबार र शनिबार उडान हुने विमानस्थलले जनाएको छ । काठमाडौँ–कोलम्बो सीधा उडान करिब साँढे ३ घण्टाको हुन्छ ।

एयरलाइन्सलाई सातामा २ उडानका लागि अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरण ‘क्यान’ ले जनाएको छ । श्रीलंकन एयरले यो मौसममा आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले अवस्था हेरेर ‘विन्टर सिजन’ का लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ । उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ ।

Batas

भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक सातामा कति भन्ने यकिन भइसकेको छैन । नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलंका जाने नेपालीलाई लक्षित गरेर उडान सुुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्नेछ । हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुवई उडान गरिरहेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बरबाट जापान, अस्ट्रेलिया र लण्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.