www.tandavnews.com
Fact ~ In search of truth

पोखराका दोहोरी व्यवसायीले सिडिओलाई बुझाए चाबी

ताण्डव

पोखरा लोक दोहोरी रेस्टुरेण्ट संघ कास्कीले प्रमुख जिल्ला अधिकारीलाई मंगलबार चाबी बुझाएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई भेटेर व्यवसाय सञ्चालन गर्न सररकारले चासो नदिएको भन्दै चाबी बुझाएका हुन् ।

‘अन्य व्यवसायीहरु जस्तै सरकारले अवलम्बन गरेका स्वास्थ्य मापदण्डहरुको पालना गरी दोहोरी साँझहरु सञ्चालन गर्दा संक्रमणको खतरा होला जस्तो लाग्दैन,’ संघका महासचिव चोलेन्द्र पौडेलले भने, ‘कोरोना साँच्चिकै नियन्त्रण भन्दा बाहिर भएको हो भने सबै व्यवसाय, मान्छेको आवतजावत, नाकाहरुमा कडाई गरियोस् होइन भने एकतर्फी रुपमा रात्रीकालिन व्यवसाय मात्र बन्द गर्दा रोगले भन्दा पनि भोकले मलाई भन्ने पिरलो परेको छ । स्वस्थ्य रहनको लागि मनोरञ्जन आवश्यक हो तर सरकारको नजर हामीमा परेन् ।’

Batas

सबै व्यवसाय चलायमान हुँदा रातिमा मात्र कोरोना सर्ने जसरी बिभेदपूर्ण व्यवहार भएको संघका अध्यक्ष जिवन गुरुङले गुनासो पोखे । ‘व्यवसायको अवस्था, घरबहाल लगायतका विषयमा सरकारका विभिन्न निकाय समक्ष गुनासो पोख्दा पनि केही बेवास्ता गरेको अनुभव भयो,’ उनले भने, ‘न खोप पाइन्छ, न व्यवसाय चलाउन पाइन्छ । हामीलाई सरकारले प्राथामिकताका रुपमा हेर्न सकेको छैन् ।’

कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले गत चैतमा सबै व्यवसाय र आवतजावत बन्द गर्ने गरी निषेधाज्ञा लगाएको थियो । संक्रमितको संख्या घट्दै गएपछि अरु क्षेत्र चलायमान भएपनि रात्रिकालिन व्यवसाय अझै खुल्न सकेको छैन् । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मनोरञ्जन क्षेत्रमा काम गर्नेहरुका लागि तत्काल खोप प्राइरोटीमा नपरेको सुनाए । ‘खोप प्रयाप्त आयो भने मात्र तपाईँहरुले पाउनुहुनेछ,’ उनले भने, ‘दोहोरी सञ्चालन गर्ने विषयमा भने छिट्टै नै केही न केही टुंगो लगाउनेछौं ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.