www.tandavnews.com
Fact ~ In search of truth

११ सांसदले छोडे एमालेको साथ, मुख्यमन्त्री अल्पमतमा

ताण्डव

बाग्मती प्रदेशसभा अन्तर्गत एमालेबाट निर्वाचित ११ जना प्रदेशसभा सदस्यले एमाले परित्याग गरेका छन् । उनीहरु माधव नेपाल नेतृत्वको नेकपा ‘एकीकृत समाजवादी’ मा सनाखत गर्न पुगेसंगै एमाले त्याग गरेका हुन् । उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

एमालेका ५६ जनामध्ये ११ सांसदले नेकपा ‘एस’ रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३५ दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

Batas

नेकपा ‘एस’ रोज्ने सांसद यस प्रकार छन्ः–
१. राजेन्द्र पाण्डे
२. मुनु सिग्देल
३. वसुन्धरा हुमागाईं
४. लक्ष्मण लम्साल
५. राजेन्द्रमान श्रेष्ठ
६. पार्वती सिलवाल
७. ईन्द्रमाया गुरुङ
८. माधव पौडेल
९. वसन्त मानन्धर
१०. रमा आले मगर
११. कुसुमकुमार कार्की

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.