www.tandavnews.com
Fact ~ In search of truth

सेयर बजारमा उच्च अंकको पहिरो

जीवन बीमा तथा निर्जीवन बीमा समूहको सेयरमा उच्च अंकले गिरावट आएपछि धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ ।

लगातार करेक्सन देखिन थालेको सेयर बजारमा आजको गिरावट पछिल्ला दिनहरु मध्येको सबैभन्दा ठूलो हो । झण्डै ३ हजार ३ सय विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर २ हजार ९ सय को बिन्दुमा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ६९.०५ बिन्दुले घटेर २ हजार ९७५.८४ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.३४ बिन्दुले घटेर ५५०.५२ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । कुल २ सय २७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७ सय १३ कित्ता सेयर रु १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १ सय ७ मूल्यमा खरिदबिक्री भए ।

Batas

कारोबार भएका १३ वटै उपसमूहको सेयर आज ओरालो लागेको छ । मंगलबारको कारोबारपछि बजार पुँजीकरणसमेत रु ४१ खर्ब ५७ अर्ब ८४ करोड ४१ लाख ८० हजारको हाराहारीमा ओर्लेको छ ।

कारोबार भएका बैंकिङ २२.९९, व्यापार १०६.०१, होटल तथा पर्यटन ४६.७, विकास बैंक २०५.७४, जलविद्युत् १२४.२७, वित्त १०१.४८, निर्जीवन बीमा ३७२.५८, उत्पादन १९८.७३, अन्य ६२.७४, लघुवित्त १६४.०६, जीवन बीमा ४४७.९८, सामूहिक लगानी कोष ०.१३ र लगानी २.८ विन्दुले ओरालो लागे ।

कारोबार भएका मध्ये आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहे । सो कम्पनीको रु १ अर्ब १ करोड ५ लाख ७३ हजार ३ सय ८३ बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी रु ४९ करोड २३ लाख १३ हजार ८ सय ८३, अपि पावर कम्पनी रु २९ करोड ७८ लाख २६ हजार, नेपाल बैंक रु २९ करोड ७४ लाख ६९ हजार ४ सय र गुडविल फाइनान्स रु २९ करोड ६५ लाख १ हजार १ सय ७२ को कारोबार भई शीर्ष स्थानमा रहे ।

यसैगरी कर्णाली डेभलपमेन्ट बैंक ७.५८, मनकामना स्मार्ट लघुवित्त ६.०८, सपोर्ट माइक्रोफाइनान्स ५.९६, कर्पोरेट डेभलपमेन्ट बैंक ४.६३, सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले २.८४ प्रतिशतले कमाए । उता रुरु जलविद्युत् परियोजना ९.९९, माउण्टेन हाइड्रो नेपाल ७.७६, हिमलायन ऊर्जा विकास कम्पनी ६.९२, सिभिल लघुवित्त ६.५९ र घलेम्दी हाइड्रो पावरका लगानीकर्ताले ५.९४ प्रतिशतले गुमाए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.