www.tandavnews.com
Fact ~ In search of truth

दार्चुला तुइन प्रकरण: एस.एस.बीका सुरक्षकर्मीलाई कारवाही गर्न कुटनीतिक पहल गरिने

पोखरा
ताण्डव न्यूज ।

तुइनमार्फत महाकाली नदि तर्ने क्रममा वेपत्ता भएका जयसिंह धामीको घटना सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन पेश गरेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन शर्माको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले भारतीय एस.एस.बीका सुरक्षाकर्मीको उपस्थितीमै सो घटना भएको निष्कर्षसहितको प्रतिवेदन पेश गरेको हो ।

साउन १५ गते दार्चुला जिल्ला व्यास गाउँपालिका २ खाङवाङ माल बस्ने जयसिंह धामी मालघाटबाट तुइन प्रयोग गरि भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर वेपत्ता भएका थिए ।

Batas

‘उक्त घटना भारतीय एसएसबी सुरक्षकर्मीको उपस्थितीमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारवाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहात उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षको व्यवस्थापन गर्न सिफारिष गरेको छ’, गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.