www.tandavnews.com
Fact ~ In search of truth

जुवा खेल्ने ७ जना पक्राउ

ताण्डव

पोखरा महानगरपालिका १५ सिताराम हाउजिङस्थित बस्ने लालप्रसाद गुरुङको घरको काेठामा जुलातास खेलिरहेको अवस्थामा मंगलबार गुरुङसहित ७ जनालाई साँझ करिब साढे ४ बजे प्रहरीले पक्राउ गरेको छ ।

गुरुङको काेठामा तास खेलिरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद रु ८४ हजार ५ सय २५ र ४ बुक ताससहित पक्राउ गरिएको हो । पक्राउपर्नेमा पोखरा १५ सीताराम हाउजिङ बस्ने वर्ष ५१ क लालप्रसाद गुरुङ, टुटुंगा बस्ने वर्ष ३७ का सुशील रानाभाट, सिर्जनाचोक बस्ने वर्ष २८ का कल्याण पौडेल, नयाँगाउँ बस्ने वर्ष ४७ का विकास गुरुङ, नौडाँडा बस्ने वर्ष ३६ का मनोज गुरुङ, नयाँगाउँ बस्ने वर्ष २४ का मनोज गुरुङ र सीताराम हाउजिङ बस्ने वर्ष ३७ का प्रकाश गुरुङ रहेका छन् ।

Batas

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

यसैगरी पोखरा महानगरपालिका १५ सिताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका ८ घर भएका ५१ वर्षीय लालप्रसाद गुरुङको कोठामा तास खलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८४ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.