www.tandavnews.com
Fact ~ In search of truth

सदरमुकाम चामेसँग जोड्ने १ मात्र पुलमा क्षति पुगेपछि…

सडकसञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मस्र्याङदी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने १ मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवातजावतमा कठिनाई भएको हो ।

बाढीले सदरमुकाम चामेसँग जोड्ने १ मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकाबासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन् । पुलको अधिकांश भाग भत्केको छ । त्यही पुलबाट नारफुका बासिन्दा सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन् ।

बाढीले पुल भत्किएपछि चामे गाउँपालिका–२ कोतोस्थित मस्र्याङ्दी नदीमाथिको पुलकै भरमा ओहोरदोहोर गर्न बाध्य भएको फुगाउँका स्थानीय सोनाम तेजे लामाले जानकारीदिए । ‘जोखिम मोलेर हिँडेन भने काम गर्न सकिँदैन । सधैँ हेलिकोप्टर आउने कुरा भएन, सदमुकाममा काम पर्छ । जानुपर्यो, पुगेर फर्किन सक्ने हो कि होइन चिन्ता र त्रासत्रासैमा हिँड्नुपर्छ’, उनले भने ।

Batas

गाउँसँग जोड्ने अन्य पुल पनि छैन । नार्पाभूमि गाउँपालिका सडकसञ्जालसँग समेत जोडिएको छैन । ‘गाउँपालिकासँग जोड्ने १ मात्र पुल पनि जीर्ण छ । यसलाई काठ राखेर जसोतसो हिँड्न मिल्ने बनाएका छौँ । यसलाई सहज बनाउनका लागि अझै मर्मत गरी सहज बनाउने प्रयास गरिरहेका छौँ । सदरमुकाममा काम पर्छ पुल छैन’, नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मारछिरिङ लामाले भने । खाद्यान्न हेलिकोप्टरमार्फत ल्याए पनि सदरमुकामबाट गर्नुपर्ने अन्य कामका लागि जोखिम मोलेर हिँड्न बाध्य भएको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले पुल मर्मत गर्न प्राविधिक जनशक्ति र आवश्यक सामग्रीसमेत अभाव रहेको बताए । सो नदीको बहाब कम भएपनि जोखिम भने कम नभएको बताइएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.