www.tandavnews.com
Fact ~ In search of truth

कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएनः नर्भिक अस्पताल

कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको जनाइएको छ । नर्भिक इन्टरनेसनल अस्पतालद्वारा हिजो आयोजित पत्रकार सम्मेलनमा सबै खालका उपचारको पद्धति अपनाउँदा पनि उनको स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनापछि मस्तिष्कमा गम्भीर समस्या देखिएको र लामो समय उपचारविहीन भएकाले घिमिरेको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा पंकज जलानले सबै विकल्पमा उपचार भइरहेको भन्दै दुर्घटनाका कारण मस्तिष्कमा गम्भीर चोट लागेको र अवस्था निकै जटिल रहेकाले पूर्णरुपमा सामान्य अवस्था हुन सम्भावना कम भएको बताएका थिए ।

आर्थिक अवस्थाका कारण उपचार नपाउँदा घिमिरे घरमै अर्धचेत अवस्थामा रहेकी थिइन् । पछि नर्भिक अस्पतालका प्रबन्ध सञ्चालक मेघा चौधरीले निशुल्क उपचारको व्यवस्था गर्दै अस्पतालमा भर्ना गरिएको थियो । अहिलेसम्म उनको उपचारमा अस्पतालले रु ५० लाख खर्च गरिसकेको जनाएको छ ।

Batas

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.