www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा लाइसेन्सको फाराम भर्नेहरु तयार रहनुहोस्, यही २७ गतेदेखि हुँदैछ ट्रायल परीक्षा

दिपक के श्रेष्ठ
पाेखरा/ताण्डव न्यूज

यातायात व्यवस्था कार्यालय पोखराले यही २७ गतेदेखि सवारी चालकको ट्रायल परीक्षा लिने तयारी सुरु गरेको छ । कोरोना महामारी सुरु भएपछि अघिल्लो वर्ष वैशाखदेख ठप्प भएको चालक अनुमति पत्रको काम यातायात व्यवस्था कार्यालयले निश्चित मापदण्ड पालना गरी सुचारु गर्ने योजना अनुरुप गण्डकी प्रदेशले समेत तयारी थालेको हो ।

कार्यालयले जनाए अनुसार चालक अनुमतिपत्रको ट्रायल दिन ३५ सयको हाराहारीमा पुरानो फाराम दर्ता भएको छ भने नयाँको संख्या करिब ६ सय छ । केही दिन अघि प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले समेत पत्रकारसँग सवारी चालक अनुमपतिपत्र खोल्न आवश्यक रहेको बताएका थिए । मन्त्री खड्काले एकैपटक ४ स्थानबाट ट्रायल लिने व्यवस्था गरिने बताएपनि यातायात कार्यालयले भने कर्मचारीको अभावकाकारण सम्भव नभएको जनाएको छ ।

Batas

कार्यालयका मेकानिकल इन्जिनियर प्रेम थापाले भने ‘एक स्थानमा ट्रायल लिन ३ जना कर्मचारी खटाउनु पर्छ, त्यसकारण अहिले नै सम्भव भएन ।’ थापाका अनुसार कार्यालयले २७ गते परीक्षा लिने हिसाबले केही दिनमै सूचना निकाल्ने बताए ।

‘यस समय कतिपय परीक्षार्थी अन्य जिल्लामा हुनुहुन्छ, उहाँहरुलाई सहज हुने हिसाबले सूचना निकाल्छौं’ थापाले भने ‘ठ्याक्कै मिति तोक्न नसकेपनि २७ गतेको तयारीमा जुटेका छौं ।’ ट्रायलमा पास हुने चालकलाई १ वर्षको परीक्षणकाल अनुमपतिपत्र दिने थापाले जानकारी दिए ।

यता, मन्त्री खड्काले भने ट्रायल पास गरेको ७ मिनेटभित्रै लाइसेन्स दिने योजनाअनुरुप काम गरिरहेको बताएका छन् । ‘साढे ३ लाख रुपैयाँमा प्रिन्टर किन्न पाइँदोरहेछ, कार्डको मूल्य २० रुपैयाँ पर्छ’ मन्त्री खड्काले भने ‘महिनौ किन झुलाउने, अब ७ मिनेटमै लाइसेन्स दिने व्यवस्था गर्छाै ।’ त्यस्तै, उनले एकैपटक ४–५ स्थानमा ट्रायल दिने व्यवस्था मिलाउन समेत मन्त्रालय लागिपरेको उल्लेख गरे ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.