www.tandavnews.com
Fact ~ In search of truth

सुख्खा पहिरोले तनहुँ राम्चेका १२ घर जोखिममा

तनहुँको भानु नगरपालिका–११ राम्चेमा सुख्खा पहिरो जाँदा १२ घर जोखिममा परेका छन् । केही दिनदेखि निरन्तर परेको झरी रोकिएर चर्को घाम लागेसँगै आज बिहानदेखि यहाँ सुख्खा पहिरो जाँदा घर उच्च जोखिममा परेका छन् ।

बस्तीभन्दा माथिबाट सुख्खा पहिरो खस्दा घरहरु जोखिममा परेको र अझै ठूलो पहिरो जान सक्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ‘दुर्घटनाको जोखिम रहेकाले ती घरका मानिसलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ,’ तिमिल्सिनाले भने ।

यसैगरी केही दिनदेखि परेको निरन्तर झरिका कारण पहिरो जाँदा घिरिङ गाउँपालिका–१ अत्रौलीमा घर जोखिममा परेका छन् । अत्रौलीस्थित पाङ्ग्राको झ्याल वरपर पहिरो गएपछि घर जोखिममा परेका हुन् ।

Batas

टीकाराम दर्जीको घर पूर्व र रामबहादुर विकको घर पश्चिमतर्फ मोटरबाटो माथिको करिब १ सय मिटर भूभाग खेतीयोग्य जमिन फाटेर पहिरो गएपछि जोखिम बढेको नेकपा ‘एमाले’ का जिल्ला उपसचिव एवं स्थानीयबासी विष्णुभक्त सिग्देलले जानकारी दिए ।

जोखिम बढेपछि स्थानीयबासी रीता विक, शर्मिला थापा विस्थापित अवस्थामा पुगेका छन् भने टीकाराम र रामबहादुरका घर पनि जोखिम अवस्थामा छन् । वर्षाकै कारण बमबहादुर थापाको घरको पश्चिमतर्फको जग जमिनमा धसिएका कारण घर खतरापूर्ण अवस्थामा पुगेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.