www.tandavnews.com
Fact ~ In search of truth

कर्णालीमा एमालेका ३ सदस्यले रोजे नेकपा ‘एस’

कर्णाली प्रदेशसभामा नेकपा ‘एमाले’ का ३ सदस्यले नेकपा ‘एकीकृत समाजवादी’ का पक्षमा सनाखत गरेका छन् । प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवीओली र पद्म रोकायाले आज प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर नेकपा ‘एकीकृत समाजवादी’ का पक्षमा सनाखत गरेको हो ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले ३ नै जना प्रदेशसभा सदस्य कार्यालयमा उपस्थित भएर नेकपा ‘एकीकृत समाजवादी’ रोजेको जानकारी दिए । उनले हालसम्म स्थानीय तहका जनप्रतिनिधि भने नयाँ दलमा आवद्ध हुन सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा नआएको बताए । कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित २० सदस्य थिए । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई ह्विप उल्लंघन गरेको आरोपमा पार्टीले कारवाही गरी पदमुक्त गरेको थियो ।

हाल कायम रहेका १६ मध्ये ३ जनाले नयाँ दल रोजेपछि अब प्रदेशसभामा एमाले सदस्यको संख्या १३ मा झरेको छ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६, राप्रपाका १ सदस्य छन् भने नवगठित नेकपा ‘एकीकृत समाजवादी’ का ३ सदस्य भएका छन् । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।

Batas

नेकपा ‘एकीकृत समाजवादी’ रोज्नेमा मुगुबाट निर्वाचित शाही एमालेको केन्द्रीय सदस्य हुन् । रुकुम पश्चिमकी वली प्रदेशसभामा सामाजिक विकास समितिको अध्यक्ष र निर्वाचन आयोगमा दर्ता हुँदा नेकपा ‘एकीकृत समाजवादी’ पार्टीको केन्द्रीय सदस्य हुन् ।

त्यस्तै, रोकाया जुम्लाबाट प्रत्यक्ष निर्वाचित सदस्य हुन् । वलीले वैशाख ३ गते नेकपा ‘माओवादी केन्द्र’ का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि सच्याएका थिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.