www.tandavnews.com
Fact ~ In search of truth

उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने

वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलिबाट सञ्चालन गर्न दिने निर्णय भएको छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञा हटाएसँगै सिनेमा हल खुल्ने बाटो खुला भएको हो।

काठमाडौं, भक्तपुर र ललितपुरका ३ प्रमुख जिल्ला अधिकारीको बैठकले हल सञ्चालन गर्न दिने निर्णय गरेको हो । साढे ४ महिनापछि हलहरु सञ्चालनमा आउन लागेका हुन् । प्रशासनले हल खोल्न अनुमति दिए पनि कुनैपनि निर्माताले प्रदर्शन मिति तय नगरेकाले केही समय चलचित्र भवनहरुमा चलचित्रको अभाव रहनेछ ।

यो वर्षको सुरुदेखि बन्द अवस्थामा रहेका सिनेमा हल खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यलयको निर्णय अनुसार काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका हुन् । सरकारले स्वास्थ्य सुरक्षा अनुगमन गर्ने गरी सिनेमा हल खोल्ने अनुमति दिएको हो ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.